२३ असार २०८३, मंगलबार

मैनालीलाई भाषा साहित्यतर्फको प्रतिभा पुरस्कार

मैनालीलाई भाषा साहित्यतर्फको प्रतिभा पुरस्कार

भाषा साहित्यतर्फको प्रतिभा पुरस्कारबाट बाग्मती प्रदेशमा साहित्यकार गोपीनाथ मैनाली पुरस्कृत भएका छन् । ।

समालोचना, निबन्ध तथा कथा विधामा पुर्‍याएको योगदानको सम्मानस्वरूप ५० हजार रूपैयाँ नगदसहित मैनालीलाई सम्मान गरिएको हो ।

नेपाल सरकारले भानु जयन्तीको उपलक्ष्यमा यस वर्षको राष्ट्रिय प्रतिभा पुरस्कार विभिन्न सर्जकहरूलाई प्रदान गरेको छ ।

सोही क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मैनालीलाई पनि पुरस्कारसहित सम्मानित गरे ।

साहित्यका विभिन्न क्षेत्रमा ०४० को दशकदेखि अनवरत कलम चलाउँदै आएका मैनाली नेपाल सरकारका सचिव हुन् ।

साहित्यका अलवा समसामयिक चिन्तन तथा विश्लेषणमा पनि गोपीनाथ मैनाली स्थापित नाम हो ।

मैनालीका ९ वटा पुस्तक तथा कैयन लेखरचना पत्रपत्रिकामा प्रकाशित छन् । मैनाली लोकान्तर डट्कमका नियमित स्तम्भकार समेत हुन् ।

salt training

कमेन्ट गर्नुहोस्