
आगामी साउन १ गते परेको साउने संक्रान्ति तथा देउडा पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको छ ।
कर्णाली प्रदेश मन्त्रिपरिषद्को जेठ १२ गतेको बैठकले गरेको निर्णयबारे जानकारी गराउँदै आन्तरिक मामिला तथा कानून मन्त्रालयले सार्वजनिक बिदाबारे सूचना जारी गरेको छ ।
मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काले सूचना जारी गर्दै साउन १ गते प्रदेशभर सार्वजनिक बिदा हुने जानकारी दिएका छन् ।
