०८ साउन २०८३, शुक्रबार

पोलिमर नोट प्रकरणः पूर्वगभर्नर रावलसहित तीनै जनाले पाए सफाइ

पोलिमर नोट प्रकरणः पूर्वगभर्नर रावलसहित तीनै जनाले पाए सफाइ

विशेष अदालतले पोलिमर नोट प्रकरणमा मुछिएका पूर्वगभर्नर तिलक रावलसहित आरोपी तीनै जनालाई सफाइ दिएको छ।

विशेष अदालतले मंलबार पूर्वगर्भनर रावलसहित राष्ट्र बैंकका तत्कालीन नोट विभागका प्रमुख उपेन्द्र केसरी पौडेल र स्थानीय प्रतिनिधि रहेका मे प्लावर लिमिटेडका हिमालयबहादुर पाँडेलाई  सफाइ दिने फैसला गरेको हो। 

अख्तियारले उनीहरुविरुद्ध जनही ९१ लाख ९ हजार बिगो दाबी गरी २०७५ पुस ५ गते मुद्दा दायर गरेको थियो।     

विशेष अदालतका अध्यक्ष शिवराज अधिकारी र सदस्यद्वय बालेन्द्र रुपाखेती र शान्तिसिंह थापाको संयुक्त इजलाशले यस्तो फैसला गरेको हो।

राष्ट्र बैंक्ले १० रुपैयाँ दरका पाँच करोड थान पोलिमर नोट छापेको थियो। तर, ती नोट छाप्दा गुणस्तर कायम नगरेको, अस्ट्रेलियाको स्थानीय एजेन्टमार्फत आर्थिक लेनदेन गरेको, गैरकानुनी मिलेमतो गरी भ्रष्टाचार गरेको दाबीसहित अख्तियारले मुद्दा चलाएको थियो। 
 

salt training

कमेन्ट गर्नुहोस्