२१ असार २०८३, आइतबार

कर्णाली प्रदेशका सांसदमा कोरोना देखिएपछि मन्त्री र अन्य सांसदको पनि स्वाब संकलन

असार ३०, २०७७
कर्णाली प्रदेशका सांसदमा कोरोना देखिएपछि मन्त्री र अन्य सांसदको पनि स्वाब संकलन
प्रतिकार्यात्मक तस्वीर।

कर्णाली प्रदेशसभाका एक सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ। सुर्खेतदेखि बाहिर जिल्ला जानका लागि आरटी पिसिआर गराएका प्रदेशसभा सदस्यको कोरोना पोजेटिभ देखिएको हो।

प्रदेश अस्पताल सुर्खेतमा गरिएको आरटी पिसिआर परीक्षणमा ती सदस्यलाई संक्रमण देखिएको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, स्वास्थ्य शाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी दिए। प्रदेशसभा सदस्यमा कोरोना पुष्टि भएलगत्तै कन्ट्याक्ट ट्रेसिङ शुरु गरिएको छ।

त्यस्तै प्रदेश सरकारका मन्त्री तथा प्रदेशसभाका अन्य सदस्यको पनि स्वाब सङ्कलन गरेर परीक्षणका लागि प्रयोगशालामा पठाइएको छ। 

संक्रमित प्रदेशसभा सदस्य होम आइसोलेशनमा रहेको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ। 

salt training

कमेन्ट गर्नुहोस्