२२ असार २०८३, सोमबार

जोशीपुर गाउँपालिकाका नासु ८५ हजार घुससहित पक्राउ

जोशीपुर गाउँपालिकाका नासु ८५ हजार घुससहित पक्राउ
प्रतिकार्यात्मक तस्वीर।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको जोशीपुर गाउँपालिकाका एक जना नायव सुब्बालाई घुससहित पक्राउ गरेको छ।

सिलाई कटाई, सैलुन र चुरा बनाउने तालिम सम्पन्न गरी चेक भुक्तानी लिइसके पश्चात पनि सेवाग्राहीसँग ८५ हजार घुस लिएको आरोपमा अख्तियारले नायव सुब्बा सिद्धराज जोशीलाई पक्राउ गरेको हो।

उनी कार्यकक्षबाट घुस लिएर फरार रहेकोकोमा मंगलबार सिमरीबाट नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए। उनी गाउँपालिकाका सूचना अधिकारी पनि हुन्।

salt training

कमेन्ट गर्नुहोस्