
सानिमा बैंक लि.को अगुवाइ, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लि.को सह–अगुवाइमा विभिन्न बैंकले सिजी सिमेन्टमा लगानी गरेका छन् ।
सानिमा र इन्फ्रास्ट्रक्चरका अलावा ग्लोबल आईएमई बैंक लि., कुमारी बैंक लि., सनराइज बैंक लि., प्रभु बैंक लि., नेपाल बैंक लि., सेञ्चुरी बैंक लि., नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. र नेपाल एसबीआई बैंक लि. समेतले संयुक्तरूपमा लगानी गरेका हुन् ।
‘सिजी सिमेन्ट इन्डस्ट्रिज पाल्पा प्रा.लि.को Clinkerization Plant को क्षमता 1,950 TPD बाट 2,950 TPD मा विस्तार गर्न आवश्यक थप कर्जा रु.२ अर्ब ३७ करोड ८० लाख गरी कुल रु. ९ अर्ब ६ करोड ३० लाख लगानी गर्न सहभागी बैंकहरूबीच मिति २०७४ पुस ७ मा भएको सहवित्तीयकरण सम्झौतामा मिति २०७७ आषाढ ३० गते पुरक सहवित्तीयकरण सम्झौता सम्पन्न भएको छ,’ विज्ञप्तिमार्फत जानकारी गराइएको छ ।
समारोहमा अगुवा बैंकको तर्फबाट सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहाल, सह–अगुवा बैंकका तर्फबाट इन्फ्रास्ट्रक्चर बैंकका नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेलगायतको सहभागितामा ऋणी कम्पनीका तर्फबाट कम्पनीका अध्यक्ष निर्वाणकुमार चौधरी र अगुवा बैंकका तर्फबाट प्रमुख परियोजना लगानी अधिकृत सरोज गुरागाईंले सम्झौतामा हस्ताक्षर गरेका छन् ।