
नेपाल राष्ट्र बैंकले नयाँ आर्थिक वर्ष (२०७७/०७८)का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ ।
मौद्रिक नीतिमा कोरोनाभाइरस (कोभिड १९)ले सिर्जना गरेको महामारीका कारण शिथिल अर्थतन्त्र उकास्ने विषयहरू समेत समेटिएका छन् ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्दै कोरोना महामारीबाट ग्रस्त अर्थतन्त्र माथि उकास्ने विषयलाई मौद्रिक नीतिले सम्बोधन गरेको बताएका छन् ।