२५ असार २०८३, बिहीबार

सचिवालय बैठक लगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शितलनिवासमा

सचिवालय बैठक लगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शितलनिवासमा

नेकपा सचिवालय बैठक सकिएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न राष्ट्रपति कार्यालय शितल निवास गएका छन् ।

प्रधानमन्त्री ओली साँझ सवा ७ बजे शितल निवास गएका बालुवाटार स्रोतले जानकारी दिएको छ ।

नेकपाको विवाद उत्कर्षमा पुगेको समयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरूले पनि केही दिनअघि राष्ट्रपति भण्डारीलाई भेटेका थिए ।

शनिवार बसेको सचिवालय बैठकले भोलिका लागि तोकिएको स्थायी कमिटी बैठक निर्धारित समयमै सञ्चालन गर्ने निर्णय गरेको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्