२३ असार २०८३, मंगलबार

सुवर्ण ज्वारचनले सांसद पदको शपथ लिने

सुवर्ण ज्वारचनले सांसद पदको शपथ लिने

प्रतिनिधिसभामा रिक्त सदस्यमा नेपाली कांग्रेसका तर्फबाट सिफरिश सुवर्ण ज्वारचनले आइतवार पद तथा गोपनीयताको शपथ लिने भएकी छन् ।

ज्वारचनलाई संघीय संसद् सचिवालय सिंहदरबारमा दिउँसो २ बजे सभामुख अग्निप्रसाद सापकोटाले शपथ गराउने कार्यक्रम रहेको सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । 

नेपाली कांग्रेसका तर्फबाट बाग्लुङबाट प्रतिनिधित्व गरेकी सांसद ज्ञानकुमारी छन्त्यालको २०७७ असार १७ गते निधन भएपछि प्रतिनिधि सभा सदस्यको सो स्थान रिक्त थियो । 

समानुपातिक सूचीमा छन्त्यालपछि रहेकी ज्वारचनलाई कांग्रेसले सांसद बनाउने निर्णय गरेको थियो । ज्वारचन २०७० सालको संविधान सभामा समेत सांसद थिइन् ।

salt training

कमेन्ट गर्नुहोस्