०८ साउन २०८३, शुक्रबार

याे घडीमा कहिल्यै बज्दैन १२, यस्तो छ कारण

साउन ८, २०७७
याे घडीमा कहिल्यै बज्दैन १२, यस्तो छ कारण

सामान्यतया जुनसुकै घडीमा १२ बज्छ। तर संसारमा यस्तो पनि घडी छ जसमा कहिल्यै १२ बज्दैन। 

यो अनौठो घडी स्विट्जरल्यान्डको सोलोथर्न सहरमा छ। त्यहाँको टाउन स्क्वेयरमा राखिएको घडीमा ११ अंक मात्र छन्। १२ नै छैन। 


त्यहाँका मानिसलाई ११ नम्बरसँग लगाव छ । उनीहरूले प्रत्येक डिजाइनलाई ११ अंक वरिपरि नै राखेका छन्। शहरमा चर्च र च्यापलहरू पनि ११–११ वटा नै छन्। अनि सङ्ग्रहालय, ऐतिहासिक झरना र टावर पनि ११ छन् । 

शताब्दीका पुरानो मान्यताका कारण त्यहाँका मानिस ११ अंकप्रति आसक्त भएका हुन्।

कुनै समयमा सोलोथर्नका मानिस निकै मिहिनेत गर्थे तर उनीहरूको जीवनमा खुसीयाली थिएन। केही समयपछि त्यहाँ पहाडतिरबाट एल्फ (चमत्कारी जीव) आए अनि मानिसहरूलाई हौसला दिन थाले। एल्फ आएपछि उनीहरूको जीवनमा खुशियाली छायो। 

जर्मन भाषामा एल्फको अर्थ ११ हुन्छ । त्यसपछि सोलोथर्नका मानिसले एल्फहरूलाई ११ सँग जोडे र त्यसलाई महत्त्व दिन थाले। -एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्