
काठमाडौं महानगरपालिकाले सरकारको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारको मुख्य द्वार तथा आसपासमा सरसफाइ गरेको छ ।
महानगरपालिकाका सचिव एकनारायण अर्याल, सहसचिव राजेश्वर ज्ञवाली लगायत नगर प्रहरीको टोलीले शुक्रवार बिहान सिंहदरबारको मुख्य द्वार सरसफाइ गरेको हो ।
महानगरपालिकाले शुक्रवार बिहान सिंहदरबार क्षेत्रमा सरसफाइ गरेको काठमाडौं महानगरपालिकाका सहसचिव ज्ञवालीले लोकान्तरलाई जानकारी दिए ।
महानगरपालिकाको सक्रियतामा सिंहदरबारको गेट र छाना सरसफाइ गरिएको उनको भनाइ छ ।
महानगरको टोलीले सरसफाइ गरेसँगै कुरुप सिंहदरबारको गेट अब चिटिक्क बनेको छ ।

