डेनमार्कका परराष्ट्रमन्त्री येप्पे काफोदले अमेरिकी समकक्षी माइक पोम्पेआसँग हात मिलाउन अस्वीकार गर्दै उनको डाढमा हलुका धाप मारेका छन् । कोभिड–१९ को जोखिमका कारण उनले यसो गरेका हुन् ।
पोम्पेओ अहिले डेनमार्क भ्रमणमा छन् । उनले कोफोदलाई देखेर हात अघि बढाएका थिए तर कोफोदले हात नमिलाएर पोम्पेओको ढाडमा हलुका तवरले छोएका थिए ।
पोम्पेओले डेनमार्कमा आर्कटिक क्षेत्रमा सहकार्य तथा चीनका विषयमा छलफल गर्न खोजेका छन् ।
अहिले युरोपेली संघका नेताहरूले एकअर्कासँग हात नमिलाएर कुहिनो ठोकाएर अभिवादन गर्ने गरेका छन् । पोम्पेओले ग्रीनल्यान्डका परराष्ट्रमन्त्रीसँग पनि कुहिनो ठोकाए ।
कोफोद र पोम्पेओबीचको घटनामा चाहिँ सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले रमाइलो टिप्पणी गरेका छन् ।
— John Hudson (@John_Hudson) July 22, 2020