२१ असार २०८३, आइतबार

तीन दिनदेखि अबरुद्ध मध्यपहाडी राजमार्ग संचालनमा आयो

साउन ९, २०७७
तीन दिनदेखि अबरुद्ध मध्यपहाडी राजमार्ग संचालनमा आयो

अविरल वर्षापछि आएको पहिरोका कारण अवरुद्ध बनेको राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी (पुष्पलाल) राजमार्गको बागलुङ खण्ड सञ्चालनमा आएको छ । पहिरोका कारण मङ्गलबारदेखि अवरुद्ध मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड बिहीबार साँझदेखि एकतर्फी सञ्चालनमा आएको हो ।

बागलुङ नगरपालिका–३ बोक्सेमा गएको ठूलो पहिरोका कारण अवरुद्ध बनेको लोकमार्ग आयोजना कार्यालयको सक्रियतामा तीन दिनपछि खुलाइएको मध्यपहाडी पुष्पलाल लोकमार्ग कार्यालय पर्वतका प्रमुख आशिष थापाले जानकारी दिए ।  'एकतर्फी यातयात सञ्चालनमा आएको छ', उनले भने 'ठूलो पहिरो भएकाले पानी पर्नासाथ पुनः लोकमार्ग अवरुद्ध हुनसक्ने अवस्था छ ।'

पहिरोले सडक अवरुद्ध हुँदा तीन दिनदेखि सवारी साधन बीच बाटोमै अलपत्र परेका थिए । बुधबारदेखि नै पहिरो हटाउन प्रयास भए पनि ठूलो पहिरो भएका कारण समस्या भएको लोकमार्ग खुलाउन खटिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक रिजालले जानकारी दिए । उनले जतिबेला पनि पुनः पहिरो खस्ने भएकाले रातको समयमा सवारी साधन सञ्चालन गर्न रोक लगाउनुपर्ने बताए । 

भासियो गलकोट खण्ड​

लगातारको वर्षाले मध्यपहाडी लोकमार्गको गलकोट खण्डको ठाउँठाउँमा भासिएको छ । गलकोट नगरपालिका–१ र २ का विभिन्न स्थानमा सडक भासिएको गलकोट नगरपालिकाले जनाएको छ ।

बिहीबार लोकमार्ग वर्षातका कारण भासिएपछि गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरे, नगरउपप्रमुख रेणुका काउचा मगरसहितको टोलीले लोकमार्गको स्थलगत अवलोकन निरीक्षणसमेत गरेको थियो ।

दुदिलाभाटीको भुङ्खानीमा ४० मिटर, काफलठुटामा १० मिटर, चौराहामा १० मिटर, जम्दारे घुम्तीमा २० मिटर सडक भासिएको नगर उपप्रमुख रेणुका काउचा मगरले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्