०९ साउन २०८३, शनिबार

मौवाखोलामा एकतर्फी सञ्चालनमा आयो सडक, साना सवारी र एम्बुलेन्स चल्न पाउने

मौवाखोलामा एकतर्फी सञ्चालनमा आयो सडक, साना सवारी र एम्बुलेन्स चल्न पाउने
तस्वीर : इच्छाकामना एफ.एम. चितवन

पृथ्वी राजमार्गअन्तर्गत मौवा खोला पुलनजिक सडक आंशिक मर्मतपछि सडक एकतर्फी खुलेको छ ।

५ दिनअगाडि आएको अविरल वर्षाका कारण धादिङ र चितवनको सीमामा रहेको मौवाखोलामा पुल बगाएपछि राजमार्ग अवरुद्ध भएको थियो ।

५ दिनपछि बालुवा कंक्रिट हालेर डाइभर्सन बनाएपछि सडक एकतर्फी सञ्चालनमा आएको छ ।

अहिलेलाई अस्थायीरूपमा साना गाडी, एम्बुलेन्स र मोटरसाइकल चल्न थालेको जिल्ला प्रहरी कार्यलय धादिङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीले बताए । 

शुक्रवार रातिसम्म ठूला गाडीहरू पनि सञ्चालन हुने गरी सडक निर्माण भइरहेको एसपी रेग्मीले लोकान्तरलाई बताए ।

salt training

कमेन्ट गर्नुहोस्