०८ असार २०८३, सोमबार

प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

नेपाल प्रहरीमा जागिर लगाइदिन्छु भनी एक व्यक्तिसँग रु तीन लाख ५० हजार लिएर ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले एक व्यक्तिलाई प्रहरीमा जागिर लगाइदिने भनी ठगी गर्ने रुकुम पश्चिमका २४ वर्षीय अनिल वलीलाई बुधबार राति पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

परिसरका प्रमुख एंव प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले पक्राउ परेका वलीले विभिन्न व्यक्तिसँग ठगी गरेको निवेदन परेपछि पक्राउ गरिएको जानकारी दिए ।

प्रहरीले पक्राउ परेका वलीको साथबाट सागर अधिकारीको नामको अर्थ मन्त्रालयको नक्कली कार्ड, किर्तिपुर नगरपालिकाको नक्कली राजश्व सङ्कलन गरेको कागजात, प्रतिबन्धित नेकपा माओवादी ‘विप्लव’ समूहको आर्थिक सहयोग गर्ने कागजात बरामद गरेको छ ।

नक्कली नेपाली नोटसहित एक पक्राउ प्रहरीले नक्कली नेपाली नोटसहित एक जनालाई पक्राउ गरेको छ । मोबाइल खरिदका लागि एक व्यक्तिलाई नक्कली नोट दिने बाँकेका २२ वर्षीय प्रशान्तसिंह ठकुरीलाई बिहीबार पक्राउ गरेको हो ।

परिसरका प्रमुख ज्ञवालीका अनुसार रु २० हजार ५०० मा खरिद गरेको मोबाइलको रकम तिर्ने क्रममा रु १९ हजार नक्कली नोट दिएकाले ठकुरीलाई पक्राउ गरिएको हो । अभियुक्त ठकुरीमाथि आवश्यक अनुसन्धान तथा कारवाही भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्