
वीरगञ्जस्थित कोरोना विशेष अस्पतालमा उपचारकाे क्रममा ज्यान गुमाएकी युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
बारा पर्वानीपुर गाउँपालिका–४ की ती युवतीको पीसीआर रिपोर्ट नआउँदै शुक्रबार दिउँसो ज्यान गएको थियो।
बिहीबार राति कोरोनाको लक्षण देखिएपछि उनलाई उपचारका लागि वीरगञ्जस्थित गण्डक अस्थायी कोभिड अस्पतालमा भर्ना गरिएको थियो।
स्वास्थ्य अवस्था बिग्रिदै गएपछि आइसियुमा राखेर उपचार भइरहेकोमा शुक्रबार उनको निधन भएको थियो।
तर, नारायणी अस्पतालको प्रयोगशालामा पीसीआर विधिबाट जाँच गर्दा कोरोना पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए ।
यो घटनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४५ पुगेको छ ।