२५ असार २०८३, बिहीबार

यस्तो देखिने छ एक लाख वर्षपछि मानिसको अनुहार !

साउन ९, २०७७
यस्तो देखिने छ एक लाख वर्षपछि मानिसको अनुहार !

हाम्रो बाँदर पुर्खा तुलनामा हाम्रो अनुहार सुन्दर छ।

आठ लाख र दुई लाख वर्षको बीचमा पृथिवीको जलवायुमा आएको तीव्र परिवर्तनले मानव मस्तिष्क र खोपडीको आकार तीन गुणा बढाएको थियो। यसले गर्दा अनुहार थेप्चिन पुग्यो।

तर भविष्यमा मानिसको अनुहार कस्तो देखिएला ? गूगल ग्लास जस्ता नयाँ प्रविधिका कारण हाम्रा शरीर र अनुहारमा कस्तो परिवर्तन आउलान् ?

कलाकार तथा अनुसन्धाता निकोले लामले एक कम्प्युटेसनल जेनेसिटिस्टसँग सहकार्य गरेर मानवजाति अबको बीस हजार वर्ष, अझ एक लाख वर्षमा कस्तो देखिनेछ भनी चित्र बनाएका छन् ।

अहिलेका सामान्य मान्छे यस्तो देखिन्छन् :

बीस हजार वर्षमा मानिसको टाउको झन् ठूलो हुनेछ र निधार पनि विशाल नै देखिनेछ। आँखावरिपरिको पहेंलो घेरालाई ‘कम्युनिकेसन्स लेन्स’ ले प्रतिनिधित्व गर्छ । यी लेन्सहरू भविष्यका गूगल ग्लास हुन् ।

६० हजार वर्षमा चाहिँ मानिसको टाउको झन् धेरै बढ्नेछ अनि आँखा पनि ठूलठूला हुनेछन्। छालामा रंग आउनेछ। आँखीभौंमुनिको क्षेत्र झन् गाढा कालो हुनेछ। कानमाथि ससाना हड्डी कन्डक्सन डिभाइस राखिनेछ जसले कम्युनिकेसन लेन्ससँग मिलेर काम गर्नेछ।

एक लाख वर्षमा मानिसको अनुहारमा साह्रै ठूला आँखा हुनेछन्। आँखामा हरियो चमक आउनेछ।-एजेन्सीको सहयोगमा


 

salt training

कमेन्ट गर्नुहोस्