२९ असार २०८३, सोमबार

भारतीय जवानको लाशलाई पाकिस्तानले अपमान गरेको आरोप

कात्तिक २०, २०७४
भारतीय जवानको लाशलाई पाकिस्तानले अपमान गरेको आरोप

काठमाडौं, १९ वैशाख — आफ्ना दुई सैनिक जवानलाई मारेर पाकिस्तानी सेनाले उनीहरूको लाश क्षतविक्षत बनाइदिएको भारतले आरोप लगाएको छ । विवादास्पद कश्मीर क्षेत्रमा यस्तो घटना भएको भारत बताउँछ ।


भारतीय सेनाका अनुसार पाकिस्तानी फौजले सोमवार भारतको एक गस्ती इकाइमाथि सीमाक्षेत्रमा आक्रमण गरेको थियो ।

लाश क्षतविक्षत बनाउनु ‘गैरसैन्य क्रियाकलाप भएको’ भारतीय सेनाले बतायो ।

पाकिस्तानले आरोप अस्वीकार गरेको छ र आफ्नो सेना उच्च व्यावसायिक फौज भएको र कहिल्यै पनि सैनिकलाई अपमान नगर्ने जनाएको छ ।

भारतीय रक्षामन्त्री अरुण जेट्लीले उक्त घटना ‘घृणास्पद र अमानवीय’ भएको बताउँदै यस्ता कार्यहरू त ‘युद्धका बेलामा समेत हुने नगरेको’ टिप्पणी गरे ।

‘सेनाले यसको उचित प्रतिक्रिया दिनेमा पूरा देश विश्वस्त छ,’ उनले थपे ।

कश्मीरमा भारत र पाकिस्तान दुवैको दाबी छ र यो विगत ६० वर्षदेखि युद्ध तथा तनावको कारण बनिरहेको छ ।

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्