३० जेठ २०८३, शनिबार

अधिक रक्तस्राव भएपछि सुत्केरीको उद्धार

साउन ११, २०७७
अधिक रक्तस्राव भएपछि सुत्केरीको उद्धार

अधिक रक्तस्रावका कारण सिकिस्त बिरामी भएकी दिप्रुङ चुइचुम्मा गाउँपालिकाकी एक सुत्केरीलाई हेलिकोप्टरमार्फत थप उपचारका लागि काठमाडौँ पठाइएको छ।

बर्थिङ सेन्टर (प्रसूति गृह)मा जुम्ल्याहा बच्चालाई जन्म दिएकी वडा नं ५ सप्तेश्वर छितापोखरीकी रेनुका वन (गिरी)लाई आइतबार हेलिकोप्टरमार्फत उद्धार गरेर काठमाडौँ पठाइएको हो । 

महिला, बाल बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको ‘राष्ट्रपति महिला उत्थान’ कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौँ पठाइएको गाउँपालिका प्रमुख भूपेन्द्र राईले बताए।

शनिबार जुम्ल्याहा बच्चालाई जन्म दिएकी रेनुकाको अधिक रक्तस्रावका कारण शारीरिक अवस्था नाजुक बनेपछि राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हेलिकोप्टर झिकाएर उद्धार गरिएको हो।

उद्धार गरिएकी रेनुकाको काठमाडौँको थापाथलीस्थित प्रसूति गृहमा उपचार शुरु भएको आफन्तले बताएका छन्। सकुशल जन्मिएका दुई बच्चाको स्वास्थ्य अवस्था भने सामान्य रहेको स्वास्थ्यकर्मीले बताएका छन्। 

दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरीको हवाई उद्धार गर्ने राष्ट्रपति महिला उत्थान कार्यक्रम शुरु भएपछि यसअघि बच्चा सकुशल जन्मिए पनि सालनाल अड्किँदा ज्यान जोखिममा परेपछि जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङ केराबारीकी २१ वर्षीया तारा राईलाई गत असार ४ गते ‘राष्ट्रपति महिला उत्थान’ कार्यक्रमअन्तर्गत उद्धार गरिएको थियो।

यस्तै, अधिक रक्तस्राव हुँदा बिरामी परेकी ऐंसेलुखर्क गाउँपालिका–३ ऐँसेलुखर्ककी सिर्जना तामाङलाई गत चैत १५ गते सेनाको हेलिकोप्टरबाट काठमाडौँ लगिएको थियो। 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेल हाटडाँडाकी २६ वर्षीया एलिना कार्की (श्रेष्ठ), हलेसी तुवाचुङ नगरपालिका-३ च्यास्मिटारकी २३ वर्षीया रविता विश्वकर्मा र खोटेहाङ गाउँपालिका–३ सावाकटहरेकी विममाया विश्वकर्माको पनि उद्धार गरिएको थियो।

राष्ट्रपति महिला उत्थान कार्यक्रम शुरु हुनुअघि जिल्लाबाट चर्को मूल्यमा निजी हेलिकोप्टर चार्टर गरेर उपचारमा पठाउनुपर्ने बाध्यता रहेको थियो।

salt training

कमेन्ट गर्नुहोस्