२० असार २०८३, शनिबार

स्थायी कमिटी बैठकका लागि रणनीति तय गर्न भन्दै खुमलटारमा प्रचण्ड-नेपाल समूहको भेला

स्थायी कमिटी बैठकका लागि रणनीति तय गर्न भन्दै खुमलटारमा प्रचण्ड-नेपाल समूहको भेला

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'निवास खुमलटारमा प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय स्थायी कमिटी सदस्यहरू छलफलमा जुटेका छन् ।

पटक-पटक स्थगित गरेर मंगलवारका लागि बोलाइएको स्थायी कमिटी बैठकमा प्रस्तुत हुने रणनीति तयार गर्न प्रचण्ड-नेपाल समूहका नेताहरू खुमलटारमा भेला भएका हुन् ।

गत असार १० गतेदेखि शुरू भएको नेकपाको पाचौं स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागिएपछि नेकपाभित्र संकट गहिरिएको छ ।

पार्टी र सरकार संचालन राम्रोसँग गर्न नसकेको भन्दै नेकपाका बहुमत स्थायी कमिटी सदस्यहरूले प्रधानमन्त्री ओलीको राजीनामा मागेका छन् ।

तर ओलीले भने आफूहरू कुनै पनि हालतमा राजीनामा नदिने बरू मङ्सिरमै महाधिवेशन गरेर पद हस्तान्तरण गर्ने अडानमा छन् ।

salt training

कमेन्ट गर्नुहोस्