०३ असार २०८३, बुधबार

पहिरोले बुटवल–तानसेन सडकखण्ड फेरि अवरुद्ध

साउन १२, २०७७
पहिरोले बुटवल–तानसेन सडकखण्ड फेरि अवरुद्ध

सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–तानसेन सडकखण्ड फेरि अवरुद्ध भएको छ ।

पाल्पाको तिनाउ गाउँपालिका–३ नागमन्दिर र सिद्धबाबा मन्दिर नजिकै पहिरो खसेर सडक पूर्णरुपमा बन्द भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

सोमवार बिहान साढे ५ बजे खसेको पहिरो हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । सिद्धार्थ राजमार्ग पहिरोले दिनदिनैजसो बन्द हुने गरेको छ ।

करीब ५ किलोमिटर खण्ड अतिजोखिम क्षेत्रका रुपमा चिनिन्छ । सडक खण्डको जमिन कमजोर भएकाले निरन्तर वर्षा हुँदा पहिरो खस्ने गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका अनुसार सडक खण्डको करीब ५ किलोमिटर दूरीमा बर्सेनि ३ देखि ४ जनाले ज्यान गुमाउँछन् । प्रदेश ५ ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी डम्बरबहादुर विश्वकर्माले यो क्षेत्र दुर्घटनाको जोखिम क्षेत्र रहेको बताए ।

‘बर्खायाम शुरू भएपछि यो क्षेत्रमा पहिरो खसेर दुर्घटना हुने गरेका छन्,’ उनले भने, ‘हामीहरू हरेक दिनजसो यो क्षेत्रमा खस्ने पहिरो व्यवस्थापनमै जुट्नुपर्छ ।’ उनले बर्खायाममा सकेसम्म यो सडकमा यात्रा नगर्न आग्रह गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्