१० साउन २०८३, आइतबार

अमेरिकाले छोड्यो चीनको छङ्दुस्थित वाणिज्यदूत कार्यालय (भिडियो)

साउन १२, २०७७
अमेरिकाले छोड्यो चीनको छङ्दुस्थित वाणिज्यदूत कार्यालय (भिडियो)

चीनको छङ्दुमा रहेको अमेरिकी वाणिज्य कार्यालयका कर्मचारीहरू सोमवार निस्केपछि अमेरिकाको राष्ट्रिय झण्डा निकालिएको छ । 

अमेरिकाले चीनलाई ह्युस्टनमा रहेको वाणिज्यदूत कार्यालय बन्द गर्न आदेश दिएको प्रतिशोधमा चीनले पनि छङ्दुमा रहेको अमेरिकी वाणिज्यदूत कार्यालय बन्द गर्न आदेश दिएको हो । 

‘जुलाई २७ मा बिहान १० बजे चिनियाँ पक्षको अनुरोधमा छङ्दुस्थित अमेरिकी वाणिज्यदूत कार्यालय बन्द गरिएको छ,’ चीनको परराष्ट्र मन्त्रालयले सोमवार घोषणा गर्‍यो । 

अमेरिकी कर्मचारीहरू कार्यालय प्रांगण छोडेर गएपछि चिनियाँ अधिकारीहरू अगाडिको ढोकाबाट प्रवेश गरेर कार्यालय नियन्त्रणमा लिएको मन्त्रालयले जानकारी दियो । 
 

वाशिङटनले असंगत ढंगले ह्युस्टनस्थित चिनियाँ वाणिज्यदूत कार्यालय बन्द गरेकाले बेइजिङले वैध तथा आवश्यक कारवाही गर्नुपरेको बताएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्