२९ जेठ २०८३, शुक्रबार

मणिपाल शिक्षण अस्पताल कार्यरत एक डाक्टरमा कोरोना संक्रमण

साउन १२, २०७७
मणिपाल शिक्षण अस्पताल कार्यरत एक डाक्टरमा कोरोना संक्रमण

पोखराको मणिपाल शिक्षण अस्पतालमा कार्यरत एक चिकित्सकमा कोभिड– १९ पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय कास्कीका स्वास्थ्य अधिकृत बाबुराम आचार्यले सो कुराको पुष्टि गरेका हुन् । 

आचार्यका अनुसार ती चिकित्सकको २ दिनअघि स्वाब संकलन गरी पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोरोना प्रयोगशालामा पठाइएकोमा सोमबार रिपोर्ट पोजेटिभ आएको हो । 

उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसन वार्डमा उपचार भइरहेको छ ।

अस्पतालको मेडिकल वार्डमा कार्यरत ती चिकित्सक कलेजमा एमडी पहिलो वर्षका विद्यार्थी समेत हुन् ।

अस्पतालको आवासमा बस्ने उनी यसअघि मणिपालमा उपचारका लागि पुगेकी चिनियाँ युवतीको उपचारमा संलग्न रहेको बुझिएको छ । 

ती चिकित्सकको सम्पर्कमा आएका मानिसहरूको पनि निगरानी थालिएको छ ।

उनी रिपोर्ट नआउँदासम्म अन्य बिरामीको उपचारमै संलग्न थिए ।

salt training

कमेन्ट गर्नुहोस्