२८ जेठ २०८३, बिहीबार

स्याङ्जाका प्रहरी प्रमुख एसपीसहित थप १८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि

साउन १२, २०७७
स्याङ्जाका प्रहरी प्रमुख एसपीसहित थप १८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रमुख एसपीसहित १८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसअघि ४ जना प्रहरीमा कोरोना संक्रमण भेटिएपछि उनीहरूको सम्पर्कमा आएका अन्य प्रहरीहरूको स्वाब संकलन गरी परीक्षण गरिएको थियो ।

परीक्षणको हालसम्मको नतिजाअनुसार एसपीसहित थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) निरजबहादुर शाहीले लोकान्तरलाई जानकारी दिए ।

यससँगै जिल्ला प्रहरी कार्यालय स्याङ्जा सेवाग्राहीका लागि बन्द गरिएको छ । प्रहरी कार्यालय सिल नै गर्ने तयारी भइरहेको छ ।

पछिल्लो समय प्रहरीहरूमा संक्रमण देखिने क्रम बढेको छ ।

salt training

कमेन्ट गर्नुहोस्