जल तथा मौसम विभागले आगामी तीन दिनसम्म देशका ६ वटा नदीमा बाढीको जोखिम रहेको बताएको छ ।
विभाग अन्तर्गतको नेपाल बाढी सूचनाले मंगलवार एक सूचना प्रकाशित गरी कोशीदेखि बबईसम्मका नदीमा बाढीको खतरा रहेको जनाएको हो ।
आगामी ३ दिन कन्काई, कोशी, नारायणी, तिनाउ, पश्चिम राप्ती र बबईमा बाढीको जोखिम रहेको सूचनामा जनाइएको छ ।
प्रदेश १, ५, गण्डकी र सुदूरपश्चिम भई बहने साना नदीमा बहाव बढ्न सक्ने भन्दै तटीय क्षेत्रमा सतर्कता अपनाउन अपिल गरिएको छ ।