१३ असार २०८३, शनिबार

गुल्मीमा पहिरोले बगायो ट्रक, ६ परिवार विस्थापित

साउन १३, २०७७
गुल्मीमा पहिरोले बगायो ट्रक, ६ परिवार विस्थापित

गुल्मीको शान्तिपुर पहिरोले मंगलवार ट्रक बगाएको छ ।

जिल्लाको चन्द्रकोट गाउँपालिका–७ खसीमारेमा पहिरोले लु६ख ७७९२ नम्बरको ट्रक बगाएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

ट्रक बुटवलबाट सिमेन्ट, ग्यास, छड र फेन्सी सामानहरू लिएर शान्तिपुर जाँदैको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक चुडामणी पुनले जानकारी दिए । 

हिलोमा अड्किएको ट्रकमाथि झरेको पहिरोले बगाएर १ किलोमिटर तल लगेको छ । पहिरोले ट्रक बगाए पनि मानवीय क्षति भने भएको छैन । जिल्लाको चन्द्रकोट गाउँपालिका–८ बासकोटमा अविरल वर्षासँगैको पहिरोले ६ घर परिवार विस्थापित भएका छन् ।

पहिरोले गोठमा क्षति पुर्‍याउनुको साथै बस्ने घर उच्च जोखिममा परेकाले विस्थापित हुनुपरेको स्थानीय रुपेश नेपालीले जानकारी दिए ।  

वर्षा भइरहेकाले जोखिम बढिरहेको छ । विस्थापितमध्ये ४ घर परिवारलाई तत्कालको लागि जनता बाल निकेतन मावि पिपलपाटामा व्यवस्थापन गरिएको र पानी परिरहेकाले सबै सर्तक रहन चन्द्रकोट गाउँपालिकाका अध्यक्ष द्रोण खत्रीले आग्रह गरेका छन् ।

कमेन्ट गर्नुहोस्