०८ साउन २०८३, शुक्रबार

योगेशले लेखे– पार्टी दुर्घटना नजिक !

योगेशले लेखे– पार्टी दुर्घटना नजिक !
फाइल फोटो

नेकपा स्थायी कमिटी सदस्य एवं संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पार्टी दुर्घटनानजिक पुगेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

मंगलवार दिउँसो ट्वीट गर्दै भट्टराईले रोकिएर सल्लाह गर्न पार्टी नेताहरूलाई अपिल गरेका छन् ।

'दुर्घटनानजिक देखिन्छ । सबै रोकिऔं । सल्लाह गरौं,' मन्त्री भट्टराईको ट्वीटमा उल्लेख छ ।

आजका लागि बोलाइएको नेकपा स्थायी कमिटी बैठक अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रूपमा स्थगित गरेपछि तनावको स्थिति उत्पन्न भएको थियो ।

प्रधानमन्त्री ओलीका सल्लाहकार सूर्य थापाले बैठक स्थगित भएको सूचना फेसबूकमार्फत दिएपनि अहिले स्थायी कमिटी बैठक शुरू भइसकेको छ ।

बैठकमा प्रधानमन्त्री ओली बाहेकका नेताहरू सहभागी छन् ।

हेर्नुहोस्, ट्वीट :

salt training

कमेन्ट गर्नुहोस्