
पर्सामा कोरोना भाइरस संक्रमणबाट थप दुई जनाको ज्यान गएको छ।
नेशनल मेडिकल कलेजमा उपचाररत ७० वर्षीय र गण्डक कोभिड- १९ अस्पतालमा उपचाररत ६५ वर्षीय कोरोना संक्रमित पुरुषको ज्यान गएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए।
योसँगै पर्सामा १० जना कोरोना संक्रमितको मृत्यु भएको छ।