२२ असार २०८३, सोमबार

हालान्डले जारी विश्वकपमा गरे ७ गोल, मेस्सी र एम्बापेसँग बराबरी

असार २२, २०८३
काठमाडौं
हालान्डले जारी विश्वकपमा गरे ७ गोल, मेस्सी र एम्बापेसँग बराबरी

नर्वेका स्टार स्ट्राइकर एर्लिङ हालान्डले फिफा विश्वकप २०२६ मा आफ्नो सातौं गोल पूरा गर्दै ‘गोल्डेन बुट’ को दौडमा लियोनेल मेस्सी र केलियन एम्बापेसँग बराबरी गरेका छन्।

ब्राजिलविरुद्धको अन्तिम १६ को निर्णायक खेलमा दुई सानदार गोल गर्दै हालान्डले यो उपलब्धि हासिल गरेका हुन्।

 खेलको ७९ औं मिनेटमा हेडरमार्फत पहिलो गोल गरेका उनले ९० औं मिनेटमा बक्स बाहिरबाट उत्कृष्ट गोल गर्दै सातौं गोलको संख्या पुर्‍याएका थिए।

 हालान्डकै प्रेरणादायी प्रदर्शनको मद्दतले पाँच पटकको विजेता ब्राजिललाई २-१ ले स्तब्ध पार्दै नर्वे पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

salt training

कमेन्ट गर्नुहोस्