३० असार २०८३, मंगलबार

बिदामा स्वदेश फर्किएका नेपाली कामदार ओमान फर्कन पाउने

बिदामा स्वदेश फर्किएका नेपाली कामदार ओमान फर्कन पाउने

बिदामा स्वदेश आएका नेपाली कामदार ओमानमा फर्कन पाउने भएका छन्।

बिदामा स्वदेश आए पनि कोरोनाका कारण ओमान यात्रा अनिश्चित जस्तै बनेका बेला मस्कटस्थित नेपाली दूतावासले आवासीय भिसा भएका नेपाली कामदार पुनः कम्पनीमा फर्किएर कामलाई निरन्तरता दिन पाउने बताएको हो।

कोभिड-१९ सम्बन्धी सर्वोच्च समितिको २३ जुलाईको निर्णय अनुसार उनीहरु फर्कन पाउने जनाइएको छ।

यद्यपि, त्यसका निम्ति ओमानको परराष्ट्र मन्त्रालयको स्वीकृति आवश्यक पर्नेछ। 

salt training

कमेन्ट गर्नुहोस्