
सानिमा बैंक लि.ले डिजिटल काउन्टर संचालनमा ल्याएको छ ।
अब डिजिटल काउन्टर मार्फत सानिमा बैंकका ग्राहकहरुले चेकबिना नै भुक्तानी प्राप्त गर्न सकिने बैंकले जनाएको छ।
यो सेवा प्रयोग गर्न मोबाइल बैंकिङ्ग एप “सानिमा सजिलो ई बैंकिङ्ग” बाट नक्साल शाखामा रहेको डिजिटल काउन्टरमा गएर क्यू आर कोड स्क्यान गरी भुक्तानी प्राप्त गर्न सकिन्छ ।
ग्राहकले चेकबुक भर्नुपर्ने प्रक्रियाबिना सिधै डिजिटल काउन्टरमा रहेको क्यू आर कोड स्क्यान गरी रकम निकाल्न सकिने हुनाले यो सेवा छिटो, छरितो र सरल रहेको छ ।
यो सेवा हाल बैंकको प्रधान कार्यालय नक्सालबाट शुरू गरिएको र समय अनुसार यो सेवामा थप सुविधाहरु समायोजन गरी विस्तार गरिने बैंकले जनाएको छ ।