
काठमाडौ — संसारमा अचम्मका ठाउँहरू छन् जसका बारेमा विश्वास गर्न पनि गाह्रो हुन्छ । यहाँ हामी यस्ता पाँच देशको कुरा गर्दैछौं जहाँ ३६५ दिनमा कतै ५०, कतै ७३ र कतै ७६ दिनसम्म सूर्यास्त नै हुँदैन ।

नर्वे
पहाडहरूले घेरिएको नर्वे आर्क्टिक सर्कलभित्र पर्छ । यहाँ मेदेखि जुलाई महिनासम्म लगभग ७६ दिन सूर्यास्त हुँदैन । यहाँ मध्यरातमा केही समयका लागि घाम लाग्छ । तपाईं लामो समयसम्म उज्यालोमा रमाउन चाहनुहुन्छ भने नर्वे जानुस् ।

फिनल्यान्ड
फिनल्यान्डमा आधी रातमा पनि सूर्यको प्रकाशको आनन्द लिन सकिन्छ । हजारौं ताल र द्वीपहरूले सजिएको यो देश सुन्दर र आकर्षक छ । गर्मीमा यहाँ करीब ७३ दिन अर्थात् मेदेखि जुलाईसम्म सूर्य टहटह लागिरहन्छ ।

क्यानाडा
संसारको दोस्रो ठूलो देशका अधिकांश भूभाग बरफले ढाकिएका छन् । यहाँको उत्तरपश्चिमी भागमा गर्मीको बेलामा ५० दिनसम्म लगातार सूर्य चम्किरहन्छ ।

अमेरिकाको अलास्का
अलास्कामा मेदेखि जुलाईसम्म सूर्य अस्ताउँदैन । सुन्दर हिमनदीहरूका लागि प्रख्यात अलास्कामा राति हुँदो बरफ चम्केको हेर्नु आनन्ददायक हुन्छ ।

आइसल्यान्ड
युरोपको दोस्रो ठूलो देश आइसल्यान्डमा रातिको समयमा सूर्यको उज्यालोको आनन्द लिन सकिन्छ । यहाँ पनि मेदेखि जुलाईसम्म सूर्य डुब्दैन । यहाँ घुम्नु तपाईंका लागि अविस्मरणीय क्षण हुनेछ ।
एजेन्सी