ललितपुर १९ चैत — काठमाडौं र ललितपुर महानगरपालिकामा नेकपा एमाले र राप्रपाबीच तालमेल गर्ने गरी शीर्ष नेताहरुसँग सहमति भएपनि राप्रपाले ललितपुरमा केन्द्रको निर्णय अवज्ञा गरेको छ । एमालेबाट मेयरका लागि हरिकृष्ण व्यञ्जनकारले उम्मेदवारी दर्ता गराएपनि उपमेयरमा कसैको उम्मेदवारी दिएको थिएन ।

उम्मेद्वारी मनोनयनको अन्तिम समयमा आएर राप्रापाले मनोनयन दर्ता गर्दै आफूहरू एमालेसँग सहकार्य गर्न नसक्ने जनाएका थिए । पहिले राप्रपाबाट उपमेयरमा उठेका बाबुकाजी नेपालको उम्मेद्वारी समेत हटाइको थियो । अन्तिम समयमा आएर एमालेबाट उपमेयरमा सुकुमाया लामाको उम्मेद्वार मनोनयन गरेको छ ।
राप्रपाका जिल्ला नेताहरुले एमालेसँग सहकार्य नगर्ने बताएका थिए । अन्तिम समयमा आएर राप्रपाबाट अष्टनारायण महर्जनले मेयरमा उम्मेदवारी दर्ता गराएका छन् । राप्रपाबाट सजिना कार्कीले उपमेयरमा उम्मेद्वारी दिएकी छिन् । ‘एमालेसँग हाम्रो तालमेल हुदैन’ महर्जनले भने ।