११ साउन २०८३, सोमबार

राष्ट्रपति चुनाव स्थगित गरियोस्- ट्रम्प

साउन १५, २०७७
राष्ट्रपति चुनाव स्थगित गरियोस्- ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा तय भएको राष्ट्रपतीय चुनाव स्थगित गर्न माग गरेका छन्। 

धेरै पोस्टल भोटिङका कारण चुनावमा धाँधलीको खतरा रहेको भन्दै ट्रम्पले यसबाट गलत नतिजा आउने खतरा रहेको बताएको बीबीसीले उल्लेख गरेको छ।

कोरोना महामारीका कारण अमेरिकाका कयौं राज्यले पोस्टल भोटिङ अझ सहज बनाउनुपर्ने चाहना राखेका छन्।

कोरोनाका कारण अमेरिकामा डेढ लाखको ज्यान गइसकेको छ।

 ट्रम्पले सुझाव दिँदै ‘अमेरिकी मतदाता सही र सुरक्षित रहेर भोट हाल्ने वातावरण नहुन्जेलसम्म चुनावलाई टारियोस्' भनेका हुन्।

ट्रम्प मेलबाट गरिने भोटिङको पहिलेदेखि नै विरोध गर्दै आएका छन्। यसबाट चलखेलको खतरा हुने उनको दाबी छ।
 

salt training

कमेन्ट गर्नुहोस्