०९ असार २०८३, मंगलबार

मोबाइलमा झुन्डिरहने बानी छ? सावधान

साउन १६, २०७७
मोबाइलमा झुन्डिरहने बानी छ? सावधान
प्रतिकार्यात्मक तस्वीर।

धेरै मान्छे मोबाइलमा व्यस्त हुन्छन्। च्याट गर्न होस् सामाजिक सञ्जाल चलाउन दैनिक घन्टौं मोबाइलमा झुन्डिने बानी छ भने आजैदेखि त्याग्नुहोस्।

लामो समयसम्म मोबाइलमा झुन्डिदा शरिरमा विभिन्न समस्या देखिन सक्छ । उक्त समस्या मध्येको सबैभन्दा बढी र सहजै देखिने समस्या हो ढाडको दुखाई।

एक सोधका अनुसार मोबाइलमा लामो समय म्यासेजिङ गरेर बस्ने मानिसमा ढाडको हाड दुख्ने समस्या देखिन्छ। न्यूयोर्कमा गरिएको सोध अनुसार स्मार्टफोन वा मोबाइलमा लामो समय म्यासेज टाइपिङ गरेर बस्दा करिब २३ किलो तौल बोकेजत्तिकै असर पर्छ। २३ किलो तौल बोक्दा मानिसलाई जति असर गर्छ त्यति नै असर मोबाइलमा लामो समय म्यासेजिङ गरेर बस्दा पर्ने बताइएको छ।

लामो समय म्यासेजिङ गर्ने गर्दा जुन तरिकाले बसिन्छ, त्यसले ढाडको हड्डीको प्राकृतिक आकारलाई असर गर्छ । यसले सर्वाइकल स्पाइनमा दवाव पर्छ जसले स्पाईनल समस्या हुने गर्छ।

सामान्य स्थितिमा कुनै व्यक्तिको शीरको भार ४.५ किलोदेखि ५.५ किलोसम्म हुन्छ। हरेक १५ डिग्रीको कोणमा झुक्दा यो भार जन बढि हुन्छ। १५ डिग्री झुक्दा ढाडमा करिब १२ किलोको तौल बराबरको दवाव पर्छ। यस्तै, ३० डिग्रीमा झुक्दा १८ किलो, ६० डिग्री झुक्दा २७ किलो बराबरको दवाव ढाडमा पर्ने गर्छ।

जब कान, काँध र पिठ्यु एक लाइनमा रहन्छन्, उक्त स्थिति ढाडको हाडको लागी निकै आरामदायी हुन्छ । यसैले सकेसम्म सिधा भएर बस्नमा जोड दिनु राम्रो हुन्छ।

salt training

कमेन्ट गर्नुहोस्