२६ असार २०८३, शुक्रबार

धादिङमा प्रशासनबाट अन्तरजिल्ला सवारी पास बन्द

धादिङमा प्रशासनबाट अन्तरजिल्ला सवारी पास बन्द

जिल्ला प्रशासन कार्यालय धादिङले अन्तरजिल्लामा हुने सवारी पासलाई बन्द गरेको छ। 

सूचना जारी गर्दै काठमाडौं लगायत अन्तरजिल्लामा प्रशासनबाट जारी हुने गरेको पास हाललाई बन्द गर्ने निर्णय गरेको हो। 

विभिन्न जिल्लाबाट नागढुङ्गा हुँदै काठमाडौँ प्रवेश गर्नेमध्ये धेरैमा कोरोना भाइरसको सङ्क्रमण देखिन थालेकाले हाललाई पास बन्द गरेको सूचनामा उल्लेख गरिएको छ।

अहिले धादिङ जिल्लामा आन्तरिक रुपमा सार्वजनिक सवारीसमेत सञ्चालनमा छ। 

salt training

कमेन्ट गर्नुहोस्