११ साउन २०८३, सोमबार

ब्लू क्रस हस्पिटलमा डाक्टर रंगिनाले गरिन् पहिलो पटक दुरबिनको माध्यमबाट पाठेघर निकाल्ने सफल शल्यक्रिया

ब्लू क्रस हस्पिटलमा डाक्टर रंगिनाले गरिन् पहिलो पटक दुरबिनको माध्यमबाट पाठेघर निकाल्ने सफल शल्यक्रिया

जर्मन स्थित विश्व प्रसिद्ध किलयूनिभर्सिटिबाट स्त्री रोग बिशेषज्ञमा थपडिग्री हासिल गरी केहि बर्ष देखि वरिष्ठ स्त्री रोग तथा गाईनो सर्जनको रुपमा ल्याप्रोस्कोपी विधी (प्वाल पारेर दुर्विनबाट अप्रेसन गरिने विधी) मार्फत आवश्यक स्वास्थ्य सेवा प्रदान गरी रहेकी डा. रंगिना लाईकंगबमले नेपालमा पहिलो पटक ब्लु क्रस हस्पिटलमा डे केएर हिस्टेरेक्टोमीको शल्यक्रिया सफलताको साथ सम्पन्न गरेकी छन् । 

यस डे केएर हिस्टेरेक्टोमी प्रबिधिबाट शल्यक्रिया गर्दा विरामी विहान अस्पतालमा भर्ना भई पाठेघर झिक्ने शल्यक्रिया दुरबिनको माध्यमबाट गराई मात्र ६ देखि ८ घण्टामा हिँडेर नै घर फर्कन सकिने र बिरामीको समय निकै बचत भई आर्थिक रुपमा समेत फाईदा हुने डा. लाईकंगबमले जानकारी गराएकी छन् ।

विश्वको कयौं देशमा यस प्रविधिबाट पहिला देखि नै शल्यक्रिया भईरहे पनि नेपालको हकमाभने डा. रंगिना लाईकंगबमले नै पहिलो पटक सफल शल्यक्रिया गरेकी हुन् ।

 विदेशमा रहेर अध्ययन गर्दा देखेको अत्याधुनिक प्रबिधिले नेपाली दिदिबहिनीहरुलाई सरल र शुलभ उपचार गर्ने आफ्नो पुरानो सपना अहिले आएर साकार भएको डा. लाईकंगबमले जानकारी दिइन् । 

यस संगै डा.लाईकंगबम यस अत्याधुनिक प्रबिधिबाट डे केएर हिस्टेरेक्टोमी तथा अन्य डे केएर गाईनो सर्जरी गर्ने नेपालकै प्रथम  स्त्रीरोग विशेषज्ञ र ब्लुक्रस हस्पिटल पहिलो निजी अस्पतालको रुपमा प्रस्तुत भएको छ । 

नेपाली दिदिबहिनीहरुले आवश्यक परेको अवस्थामा विश्वस्तरीय यस किसिमको शल्यक्रिया ब्लुक्रस हस्पिटलमा गराउन सकिने समेत डा. रंगिना लाईकंगबमले थप जानकारी गराइन् । 

करिब ३ दशक देखि ‘सुरक्षित, स्तरिय एवंम सन्तुष्टि’ को मुल मन्त्र बोकी स्वास्थ्य सेवामा राष्ट्रलाई योगदान प्रदान गर्न त्रिपुरेश्वर–११ म अवस्थित ब्लुक्रस हस्पिटलले नेपालमा निजी क्षेत्रबाट सि.टि.एम.आर.आई तथा डाईलेसिस सेवा सुचारु गरी विभिन्न विधाका वरिष्ठ विशेषज्ञ चिकित्सकबाट उत्कृष्ठ सेवा प्रदान गर्दै आईरहेको छ । 

आज भोलिको अत्यन्त व्यस्त समयको मागलाई आत्मसाथ गरी यस हस्पिटलले नविनतम प्रविधि मार्फत आवश्यक बिरामीहरुलाई सरल तथा सुविधाजनक स्वास्थ्य लाभको अवसर समेत प्रदान गर्दै आईरहेको अस्पतालले जनाएको छ । यसैलाई आत्मसाथ गर्दै अत्याधुनिक प्रबिधिलाई विस्तार गरीे उपचारमा लाग्ने समयलाई न्युनीकरण गर्न अस्पतालले नेपालमै पहिलो पटक डे केएर हिस्टेरेक्टोमी प्रबिधि भित्राएको हो ।

salt training

कमेन्ट गर्नुहोस्