
हेटौँडा, १९ वैशाख - हेटौँडा उपमहानगरपालिकामा एक मात्र महिला उम्मेदवारको नाम दर्ता भएको छ ।
नेकपा (माओवादी केन्द्र) का पोलिटब्युरो सदस्य एवम् मकवानपुर इन्चार्ज कुमारी मोक्तनले प्रमुख पदका लागि उम्मेदवारी दिएकी हुन् ।
अन्य दलहरुमा महिला उपप्रमुखमा मात्र सिमित भएका छन् भने वडामा पनि अध्यक्षमा पुरुषको मात्र उम्मेदवारी दर्ता भएको जिल्ला निर्वाचन अधिकृत दयाराम ढकालले जानकारी दिए ।