२६ असार २०८३, शुक्रबार

अमेरिकामा एकैदिन डेढ हजार कोभिड-१९ संक्रमितको मृत्यु

साउन १७, २०७७
अमेरिकामा एकैदिन डेढ हजार कोभिड-१९  संक्रमितको मृत्यु
प्रतिकार्यात्मक तस्वीर।

अमेरिकामा पछिल्लाे २४ घन्टामा एक हजार चार सय ४२ कोभिड-१९ का संक्रमितकाे ज्यान गएकाे छ।

शनिबार जोन हकिन्स विश्व विद्यालयद्वारा सार्वजनिक तथ्यांक अनुसार शनिबार उक्त संख्यामा ज्यान गएकाे हाे। 

विश्वको सबैभन्दा बढी कोभिड-१९ सङ्क्रमित र मृत्य भएको अमेरिकामा ज्यान गुमाउनकाे संख्या  एक लाख ५३ हजार दुई ६८ पुगेको छ।

अमेरिकामा विगत २४ घण्टामा सङ्क्रमितको सङ्ख्या ६९ हजारभन्दा बढी पुगेको र अहिलेसम्म ४५ लाख सङ्क्रमित भएका उक्त विश्वविद्यालयले जनाएको छ।

अमेरिकामा शनिबारसम्ममा कूल १४ लाख सङ्क्रमित निको भई घर फर्किएका बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्