१९ असार २०८३, शुक्रबार

कोरोनाको डरका कारण वाशिङ मशिनमा पैसा धोए यी व्यक्तिले, लाग्यो घाटा

साउन १८, २०७७
कोरोनाको डरका कारण वाशिङ मशिनमा पैसा धोए यी व्यक्तिले, लाग्यो घाटा

कोरोनाभाइरसले संसारलाई नै अत्त्याइरहेको छ । मानिसहरू संक्रमणबाट बच्नका लागि विभिन्न उपाय अपनाइरहेका छन् । 

दक्षिण कोरियामा एक व्यक्तिले कोरोना संक्रमणको डरका कारण सबै नगद वाशिङ मशिनमा राखेर डिसइन्फेक्ट गरेका छन् । उनले लगभग २३ लाख रुपैयाँ मशिनमा राखेका थिए । 

अधिकारीहरूका अनुसार, इयोम थर भएका उक्त व्यक्तिलाई निकै घाटा लागेको छ । धेरै नोटहरू गम्भीर रूपमा क्षतिग्रस्त भएका थिए । 

पछि उक्त व्यक्ति बैंक अफ कोरिया गएर क्षतिग्रस्त नोटको साटो नयाँ नोट पाइन्छ कि भनी पत्ता लगाउन खोजेका थिए । 

बैंकले उनलाई क्षतिग्रस्त र फाटेको नोटलाई साट्न सकिने जानकारी दियो । त्यसपछि नियममा रहँदै बैंकले उक्त व्यक्तिलाई दुई करोड ३० लाख वोन बराबरको नयाँ करेन्सी दियो । 

बैंक अधिकारी सिओ जी वोउनले कतिपय नोट चाहिँ साट्न नमिलेको किनकि ती कामै नलाग्ने भएको बताए । उक्त व्यक्तिलाई निकै घाटा लागेको सिओको भनाइ छ । 

अर्का एक व्यक्तिले माइक्रोवेभ ओभनमा राखेर नोट सफा गर्न खोज्दा काम नलाग्ने बनाएको जानकारी पनि सिओले दिए ।   
 

salt training

कमेन्ट गर्नुहोस्