०२ साउन २०८३, शनिबार

चीनमा दुर्घटना हुँदा मजदूरको शरीरमा दुई ठाउँबाट पस्यो रड (भिडियो)

साउन १८, २०७७
चीनमा दुर्घटना हुँदा मजदूरको शरीरमा दुई ठाउँबाट पस्यो रड (भिडियो)

चीनको जियाङ्सु प्रान्तमा निर्माण क्षेत्रका एक मजदूर दुर्घटनामा परेपछि उनको शरीरको दुई ठाउँमा स्टीलको रड पसेको छ । 

एउटा रड उनको घाँटीमा पसेको थियो भने अर्कोले उनको छाती छेडेको थियो । निर्माणाधीन भवनमा उनी माथिबाट रडमा खसेका थिए ।
 

दुईटै रडले महत्त्वपूर्ण अंग र रक्तनली नछोएकाले उनी बाँच्न सफल भएको उद्धारकर्ताहरूले बताए ।

घटना रुगाओस्थित निर्माणाधीन भवनमा जुलाई २७ मा बिहान साढे ७ बजे भएको थियो । 
 

उद्धारकहरू घटनास्थलमा आइपुग्दा ती मजदूरलाई दुईवटा रडमा उनिएको अवस्थमा फेला पारेका थिए । 

नाम नखुलाइएका ती मजदूर भवनको मुन्तिर खसेका थिए । 
 

उद्धारकहरूले गम्भीर घाइते भएका ती मानिसलाई धातु काट्ने साधन लिएर उद्धार गरेका थिए । 

दुर्घटनाको एक घन्टापछि उनीहरूले मजदूरलाई भुइँमा ल्याउन सफल भएका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्