१९ असार २०८३, शुक्रबार

जनकपुरमा आइतवार राति १२ बजेदेखि निषेधाज्ञा

जनकपुरमा आइतवार राति १२ बजेदेखि निषेधाज्ञा
तस्वीर सौजन्य : सामाजिक सञ्जाल

धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा एक सातासम्मका लागि निषेधाज्ञा जारी गरिने भएको छ ।

आइतवार राति १२ बजेदेखि एक सातासम्मका लागि निषेधाज्ञा जारी गरिन लागिएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले लोकान्तरलाई जानकारी दिए । 

यस्तै जिल्लाकै सिरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगर बजारमा पनि निषेधाज्ञा जारी गरिने भएको छ । 

प्रदेश अस्पतालका नर्स, केही बैंकका कर्मचारी लगायतलाई कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिएसँगै निषेधाज्ञा जारी गरिएको उनले लोकान्तरलाई बताए ।

उनले भने, अस्पतालका केही स्वास्थ्यकर्मी, केही बैंकका कर्मचारी लगायतलाई कोरोना संक्रमण देखिएसँगै एक साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको हो । 

salt training

कमेन्ट गर्नुहोस्