०४ साउन २०८३, सोमबार

ओलीसँग भएको भेटवार्ताबारे खुमलटारमा प्रचण्डको ब्रिफिङ

ओलीसँग भएको भेटवार्ताबारे खुमलटारमा प्रचण्डको ब्रिफिङ

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो निवास खुमलटारमा वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठलाई बोलाएर प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटवार्ताबारे ब्रिफिङ गरेका छन् ।

आइतवार बिहान करीब ३ घण्टा अध्यक्षद्वय ओली र प्रचण्डबीच ओलीको सरकारीनिवास बालुवाटारमा भेटवार्ता भएको थियो । छलफलमा वरिष्ठ नेता खनाल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ पनि सहभागी थिए ।

भेटवार्ताले कुनै निष्कर्ष ननिकालेको भएपनि संवाद सकारात्मक भएको जनाइएको छ । अध्यक्षद्वयबीच सोमवार बिहान पुनः छलफल हुनेछ ।

स्रोतका अनुसार प्रचण्डले खुमलटारमा ब्रिफिङ गरेपछि त्यसैका आधारमा नयाँ रणनीति बनाएर अघि बढ्ने तयारी ओलीइतरका नेताहरूले गरेका छन् । ‘प्रधानमन्त्री ओली अलि लचिलो देखिएका छन्,’ स्रोतले भन्यो, ‘अवरुद्ध संवाद शुरू भएको छ । सहमति सन्निकट छ ।’

salt training

कमेन्ट गर्नुहोस्