०७ असार २०८३, आइतबार

महोत्तरीमा तीन जनाले मात्रै बुझाए हतियार

कात्तिक २०, २०७४
महोत्तरीमा तीन जनाले मात्रै बुझाए हतियार

गौशाला, २० वैशाख– आसन्न स्थानीय निर्वाचनलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय महोत्तरीले जिल्लामा रहेको हतियार बुझाउन गरेको सूचनाअनुसार तीनजनाले मात्रै हतियार बुझाएका छन् ।

जिल्ला प्रशासन कार्यालयका अनुसार महोत्तरीमा तीनसय नौजनाले अनुमति प्राप्त गरी तीनसय ३२ थान हतियार राखेकामा जम्मा तीनजनाले मात्रै हतियार बुझाएका हुन् ।

स्थानीय तहको चुनावलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले करिब डेढ महिनाअघि हतियार बुझाउन सूचना जारी गरेपनि अहिलेसम्म मात्र तीनजनाले आफूसँग रहेको हतियार बुझाएको प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादवले बताए ।

जिल्लामा अनुमति प्राप्त हतियारमा पेस्तोल १२, बाह्र बोरको बन्दुक एकनाले १ सय ८०, दुईनाले एकसय २३, बाईस बोरको एकनाले ६, भरुवा बन्दुक एकनाले दुई, हावादारी नौ गरी कुल तीनसय ३२ हतियार अनुमति प्राप्त रहेको जिल्ला प्रशासन कार्यालय महोत्तरीको तथ्याङ्क छ ।

जिल्लामा हतियार राख्नेमा जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिकाका विभिन्न वडा, गौशाला र बर्दिवास नगरपालिकाका विभिन्न वडाका साथै साबिकका पिपरा, डाम्हीमडै, सुन्दरपुर, धिरापुर, पर्सापतैली, एकरहिया, रामगोपालपुर, सम्सी, मनरालगायतका बासिन्दा रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्