१९ असार २०८३, शुक्रबार

प्रेस स्वतन्त्रता उल्लंघनका ७१ घटना

कात्तिक २०, २०७४
प्रेस स्वतन्त्रता उल्लंघनका ७१ घटना

काठमाडौँ, २० वैशाख– नेपाल पत्रकार महासङ्घले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आज प्रभातफेरि गरेको छ ।

‘संवेदनशील समयका लागि संवेदनशील विचार: शान्तिपूर्ण, समावेशी र न्यायपूर्ण समाजमा मिडियाको भूमिका’ नाराका साथ नयाँ बानेश्वरबाट सुरु भएको प्रभातफेरि माइतीघर मण्डलामा आई कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले अझै पूर्ण प्रेस स्वतन्त्रता प्रत्याभूति गर्न नसकेको बताए । उनले संविधानमा प्रेस स्वतन्त्रता उल्लेख गरे पनि विभिन्न बहानामा प्रेसमाथि आक्रमण भइरहेको बताए ।


महासंघका महासचिव उजिर मगरले यस वर्ष नेपालमा ७१ वटा प्रेस स्वतन्त्रता उल्लंघनका घटना भएको जानकारी गराए । उनका अनुसार पत्रकारमाथिको दुव्र्यवहारका १६, पत्रकार पक्राउ ११ र पत्रकारमाथिको आक्रमणका ११ वटा घटना भएका छन् ।

त्यसैगरी, पत्रकारमाथि धम्कीका सात, सञ्चार क्षेत्रमा क्रियाशील सङ्घसंस्थामा तालाबन्दी तथा कब्जाका सात र छजना पत्रकारलाई समाचार सङ्कलनका क्रममा प्रहरीले केही समय नियन्त्रणमा लिएको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्