२८ असार २०८३, आइतबार

‘सहमतिको आधारमा संशोधन प्रस्ताव पारित हुनुपर्छ’

कात्तिक २०, २०७४
‘सहमतिको आधारमा संशोधन प्रस्ताव पारित हुनुपर्छ’
काठमाडौँ, २० वैशाख – विभिन्न राजनीतिक दलका नेताले राजनीतिक सहमतिका आधारमा संविधान संशोधन प्रस्ताव पारित गर्नुपर्ने सुझाव दिएका छन् ।

राजधानीमा आयोजित एक कार्यक्रममा नेताहरुले संविधान संशोधन प्रस्तावको पारितसँगै निर्वाचनमा जानुपर्ने धारणा राख्नुभएको हो ।

कार्यक्रममा राष्ट्रिय जनता पार्टी नेपालका नेता लक्ष्मणलाल कर्णले संविधान संशोधन प्रस्तावलाई पारित गर्न सरकार गम्भीर हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले वैशाख १७ गतेभित्रै संशोधन प्रस्ताव पारित गर्छु भनेको थियो, तर त्यो दिनमा हुन सकेन, आगामी बैठकमा पास गर्ने गरी सरकार प्रस्तुत हुनुपर्छ ।”

राप्रपाका प्रमुख सचेतक दिलनाथ गिरीले सरकारबाट बाहिरिए पनि आफ्नो पार्टीले संविधान संशोधन प्रस्तावको पक्षमा भोट हाल्ने बताउनुभयो । उहाँले भन्नुभयो, “मुलुकलाई निकास दिन ल्याइएको संशोधन प्रस्तावको पक्षमा हामीले भोट हाल्ने निर्णय गरेका छौँ ।”

गिरीले सरकारका प्रमुख घटक नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव ल्याउनुअघि आफ्नो पार्टीसँग कुनै छलफल तथा सल्लाह नै नगरेको गुनासो पोख्नुभयो ।


नेकपा ९एमाले०का सचिव योगेश भट्टराईले अहिले संविधान संशोधनभन्दा पनि स्थानीय तहको निर्वाचनमा सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “सुदृढ सङ्गठन, बलियो जनाधार र एकताबद्ध नेतृत्वका कारण यो चुनाव एमालेले जित्ने बलियो आधार छ ।” उहाँले स्थानीय तहको निर्वाचनमा एमालेले ६० प्रतिशतभन्दा बढी स्थान जित्ने दाबी गर्नुभयो ।

खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्काले संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव पारित हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “मधेसको मुद्दा सम्बोधन गरेर जानुपर्छ । संशोधन प्रस्ताव पारित हुन्छ, सरकार संविधान संशोधन प्रस्ताव पारित गर्न लागिपर्छ ।”

प्रधानमन्त्री पुष्पकमल दाहालका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले स्थानीय तहको निर्वाचन गराउन यो सरकार भरमग्दुर रुपमा लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचन हुँदैन कि भन्ने आशङ्का जनतामा थियो । हिजोको मनोनयन दर्तासँगै त्यो जिज्ञासा मेटिएको छ ।”

खनालले सरकारले परिमार्जनसहित संसद्मा दर्ता गराएको संविधान संशोधन प्रस्तावलाई पहिलो चरणको निर्वाचन सम्पन्न भएलगत्तै सहमतिमा नै पारित गराउन गृहकार्य गरिरहेको बताउनुभयो ।

salt training

कमेन्ट गर्नुहोस्