०२ असार २०८३, मंगलबार

कान्तिपुरकर्मी चौधरीमाथि सांघातिक हमला

साउन २७, २०७७
कान्तिपुरकर्मी चौधरीमाथि सांघातिक हमला

कैलालीको टीकापुरबाट कान्तिपुर दैनिकमा कार्यरत पत्रकार गणेश चौधरीमाथि सांघातिक आक्रमण भएको छ ।

साउन २६ गते साँझ कैलालीको जानकी गाउँपालिका–६ जगतपुरबाट रिपोर्टिङ गरी फर्किने क्रममा आक्रमण भएको हो ।

उनले भने, ‘साँझ करीब ८ बजेतिर घर फर्कंदै थियौं । एक्कासी आक्रमण भयो । त्यसपछि स्थानीय भरत शाहको घरमा गएर ज्यान जोगायौं । म त हेल्मेट लगाएकाले जोगिए तर मसँगै रहेका भोजराज चौधरीको टाउकोमा चोट लागेको छ । उहाँको टाउकोमा ३ टाँका लागेको छ । मेरो पनि अनुहारमा चोट लागेको छ ।’ नेपालगञ्जमा उपचारपछि दुवै जना घर फकिर्एका छन् ।

पत्रकार चौधरीका अनुसार सो घटनामा जगतपुरकै ललित कडायत, दिनेश शाह, सिरिष शाह, सुरेन्द्र शाही र जेनिश शाहीको संलग्नता रहेको छ । घटनामा संलग्नहरूविरुद्ध ज्यान मार्ने उद्योग अन्तर्गत ईलाका प्रहरी कार्यालय टीकापुरमा जाहेरी दर्ताको तयारीमा रहेको नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका महासचिव योगेश रावलले जानकारी दिए ।

ईलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक अरुण बमले घटनाबारे आवश्यक अनुसन्धान भइरहेको र आफूहरू राति नै घटनास्थलमा पुग्दा आक्रमणकारी भागेको बताए । उनीहरूको खोजीकार्य जारी रहेको उनले बताए ।

यसैबीच नेपाल पत्रकार महासंघ कैलाली र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कैलालीले सो घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । घटनाप्रति घोर भत्र्सना गर्दै सो आपराधिक समूहलाई कानून बमोजिम कडा कारवाहीको लागि सम्बन्धित निकायसँग जोडदार माग गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्