
भारतमा हालसम्म २.५ करोडभन्दा बढीको कोरोना परीक्षण भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार यो संख्यामा कोरोना परीक्षण गरिएको हो।
स्वास्थ्य मन्त्रालयका सचिव राजेश भूषणका अनुसार यो हप्ता एक दिनमा सबैभन्दा बढी ७ लाख १९ हजारको कोरोना परीक्षण गरिएको हो। भारतमा कोरोनाबाट मृत्युदर २ प्रतिशत हाराहारीमा छ।
भारतमा कोरोना संक्रमितको संख्या करीब २३ लाख पुगेको छ। ४५ हजार संक्रमितको ज्यान गइसकेको छ।