२९ जेठ २०८३, शुक्रबार

चुनाव हारेपछि बेलारुसकी विपक्षी नेता भागिन् विदेश

साउन २८, २०७७
चुनाव हारेपछि बेलारुसकी विपक्षी नेता भागिन् विदेश

बेलारुसमा बहालवाला राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोविरुद्ध उठेकी विपक्षी नेता चुनाव हारेपछि ‘आफ्ना बालबच्चाको हित’का लागि लिथुआनियातिर भागेकी छन् । 

स्वेत्लाना तिखानोभ्स्काया परिवार सहित देश छोडेर लिथुआनिया पुगेकी हुन् । चुनावमा लुकाशेन्कोले विजयी भएको घोषणा गरेका छन् । 
 

लुकाशेन्को पुनः विजयी भएपछि धाँधली गरेर चुनाव जितेको भन्दै बेलारुसवासीहरू आन्दोलित भएका छन् । लगातार तीन दिनदेखि राजधानी मिन्स्क र अन्य स्थानमा हिंसा भड्किएको छ । हिंसामा परी एकजनाको मृत्यु भएको छ । 
 

लुकाशेन्कोले छैटौं कार्यकाल चलाउनका लागि ८० प्रतिशत भोट चोरेको आरोप विरोधकर्ताहरूले लगाउँदै प्रदर्शन गरेका हुन् । उनीहरूले प्रहरीलाई ढुंगामुढा र पटका फ्याँकेका छन् । प्रहरीले उनीहरूमाथि अश्रूग्यास र रबरको गोली प्रहार गरेको छ । 

देश छोड्नुअघि यूट्युबमा एउटा भिडियो पोस्ट गर्दै तिखानोभ्स्कायाले भनिन्, ‘यो निर्वाचन अभियानले मलाई बलियो बनाएको जस्तो लागेको थियो । म जे पनि सहन सक्ने गरी मजबूत बनेको जस्तो लाग्थ्यो । तर म पहिले जस्तै कमजोर महिला रहेछु । मैले अप्ठ्यारो निर्णय लिएँ र पूर्ण स्वतन्त्र रूपमा लिएँ । अहिले भइरहेको घटनाक्रममा एउटा जीवन पनि गुम्नु हुँदैन । बालबालिका हाम्रो जीवनको सबभन्दा महत्त्वपूर्ण कुरा हुन् ।’

सन् १९९४ देखि सत्ता चलाइरहेका लुकाशेन्कोलाई अपदस्थ नगरुन्जेल विरोध प्रदर्शन गरिरहने विरोधकर्ताहरूले बताएका छन् ।  
 

salt training

कमेन्ट गर्नुहोस्