
पर्साका प्रमुख जिल्ला अधिकारी र साहयक–प्रमुख जिल्ला अधिकारी दुवैको सरुवा भएका छन् ।
पर्साका सीडीओ विष्णुकुमार कार्की र सहायक सीडीओ ललितकुमार बस्नेतलाई सरुवा गरेको गृह मन्त्रालयका प्रवक्ता सहसचिव चक्रबहादुर बुढाले बताए ।
कार्कीलाई गृहमन्त्रालय र बस्नेतलाई ललितपुर जिल्ला प्रशासन कार्यालयको सहायक सीडीओमा सरुवा गरिएको छ ।
पर्सामा नयाँ सीडीओका रूपमा धादिङबाट अस्मान तामाङलाई पठाइएको छ । यस्तै सहायक सीडीओमा मुस्ताङका सीडीओ वेद अर्याललाई पठाइएको छ ।
ललितपुरका सहायक सीडीओ खिमराज भुसाललाई प्युठानको सीडीओका रूपमा सरुवा गरेको प्रवक्ता बुढाले जानकारी दिए ।